२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

कुशल भुर्तेलको शानदार शतकमा अमेरिकामाथि नेपालको विशाल जित

कुशल भुर्तेलको शानदार शतकमा अमेरिकामाथि नेपालको विशाल जित

साझा पोष्ट
शनिबार, जेठ २ २०८३
  • images
    images
    कुशल भुर्तेलको शानदार शतकमा अमेरिकामाथि नेपालको विशाल जित

    काठमाडौं । ओपनर कुशल भुर्तेलले शानदार शतक बनाएपछि  आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अमेरिकामाथि नेपालले ९ विकेटको फराकिलो जित हासिल गरेको छ । 


    images

    अमेरिकाले दिएको १९६ रनको लक्ष्य नेपालले ३६ ओभर ४ बलमा मात्र एक विकेट गुमाएर पूरा गर्यो ।

    ओपनर कुशलले ११७ बलमा १२० रनको नटआउट शतकीय इनिन्स खेले । उनले १३ चौका र ४ छक्का प्रहार गरे । कुशल र आसिफ शेखले पहिलो विकेटका लागि १४५ रनको उत्कृष्ट साझेदारी गरेपछि नेपालको सहज र विशाल जित सम्भव भयो । 

    आसिफ ७२ बलमा ५९ रन बनाएर आउट भए । डेबुडेन्ट इसान पाण्डे २९ बलमा १६ रन बनाएर नटआउट रहे । बलिङमा मोहम्मद मोहसिनले एक विकेट लिए ।

    त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको अमेरिका ४३ ओभर ३ बलमा १९५ रनमा समेटिएको थियो । अमेरिकाका लागि ओपनर स्मित पटेलले सर्वाधिक ८४ रन बनाए । उनले ८९ बलमा ८ चौका र ३ छक्का प्रहार गरे ।

    शेहान जयसुरिया ५२ बलमा ५० रन बनाएर आउट भए । १२२ रन जोड्दा एक विकेट गुमाएको अमेरिकाले त्यसपछि भने लगातार विकेट गुमाउन पुग्यो । नेपाली बलर हाबी हुँदा अमेरिकी ब्याटरले ठूलो साझेदारी बनाउन सकेनन् ।

    मिलिन्द कुमार २८ र हर्मित सिंह १४ रनमा आउट भए । बलिङमा उपकप्तान दीपेन्द्रले ४, सोमपाल कामीले २ तथा सन्दीप लामिछाने र गुल्सन झाले एकएक विकेट लिए ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार