२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

हुम्लाको चंखेलीमा बाढीपहिरोः बगायो विद्यालय भवनसहितका संरचना

हुम्लाको चंखेलीमा बाढीपहिरोः बगायो विद्यालय भवनसहितका संरचना

साझा पोष्ट
बुधबार, जेठ ६ २०८३
  • images
    images
    हुम्लाको चंखेलीमा बाढीपहिरोः बगायो विद्यालय भवनसहितका संरचना

    काठमाडौं । हुम्लाको चंखेली गाउँपालिका–५ नेप्का गाउँमा बिहानैे असिना–पानी सहितको बाढीपहिरोले क्षती पुर्याएको छ । 


    images

    बाढीसँगैको पहिरोले गाउँको डाँफे आधारभूत विद्यालय र खेतीयोग्य जग्गा बगाएको छ ।  एक्कासी असिनापानी परेपछि खसेको पहिरोले विद्यालय भवनसहित खेतीयोग्य जग्गा र गोठ पनि बगाएको चङ्खेली –५ का बासिन्दा छक्कबहादुर तामाङले जानकारी दिए। 

    चङ्खेली –५ वडाध्यक्ष हर्कधन तामाङ र धनसिंह तामाङका गोठ पनि पहिरोले पुरेको छ। त्यहाँ रहेका भेँडाबाख्रामा क्षति पुगेको छ। 

    पहिरोले गोठ पुरिए पनि के कति क्षति भयो भन्ने एकिन विवरण प्राप्त नभएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक शङ्कर खड्काले जानकारी दिए।

    उनले प्रहरी टोली पहिरो प्रभावित स्थलतिर प्रस्थान गरिसकेको  बताए।
    हुम्ला सदरमुकाम सिमकोटदेखि उत्तरपूर्वमा रहेको चङ्खेली गाउँपालिकाको तल्लो पाली, माथिल्लो पाली, पिप्लाङ र नेप्का गरी चार गाउँ रहेका छन्।  

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार