२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

साझा पोष्ट
शनिबार, साउन ९ २०८३
  • images
    images
    कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

    काठमाडौं । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले राजीनामा दिएका छन् । प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले राजीनामा घोषणा गरेका हुन् ।


    images

    गत असार ३२ गते काँग्रेस र नेकपाका १६ सांसदले मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव प्रदेश सभामा दर्ता गराएका थिए ।

    शनिबार दिउँसो तीन बजे मुख्यमन्त्रीले प्रदेशसभामा अविश्वास प्रस्तावमाथि छलफल गर्ने प्रयोजनका लागि बैठक आह्वान गरिएको थियो ।


    गत असार ३१ गते कर्णाली प्रदेश सरकारबाट सत्ता साझेदार दल काँग्रेसका चार मन्त्रीहरूले सामूहिक राजीनामा दिएका थिए । 


    कँडेल २०८० साल चैत २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए । त्यति बेला तत्कालीन माओवादीले समर्थन गरेको थियो । केन्द्रमा प्रचण्ड नेतृत्वको सरकार ढलेपछि काँग्रेस–एमालेले प्रदेश सरकारमा समेत गठबन्धन गरेका थिए ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार