२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

मुद्दा संशोधन भएपछि रवि लामिछाने खुशी

मुद्दा संशोधन भएपछि रवि लामिछाने खुशी

साझा पोष्ट
शनिबार, जेठ ९ २०८३
  • images
    images
    मुद्दा संशोधन भएपछि रवि लामिछाने खुशी

    काठमाडौं । सम्पत्ति शुद्धीकरण एवं सङ्गठित अपराधको अभियोग संशोधन हुने भएपछि  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले खुशी व्यक्त गरेका छन् । 
    जिल्ला अदालत कास्कीले सम्पत्ति शुद्धीकरण एवं सङ्गठित अपराधको अभियोग संशोधन गरेपछि उनले सञ्चारकर्मीलाई खुशी लागेको प्रक्रिया दिएका हुन् ।


    images

    ‘मैले आदेश पढ्न पाएको त छैन । अदालतकै आदेशमा हामी चल्नु पर्ने हुन्छ’, सभापति लामिछानेले सञ्चारकर्मीसँग भने, ‘म खुशी छु यसमा ।’

    तर अन्य जिल्लाहरूमा आफूविरूका मुद्दाहरू अझै बाँकी रहेकोे लडाईं, पनि बाँकी रहेको उनले बताए । ‘लडाइँ त मेरो अझै पनि बाँकी छ । अन्य जिल्लाहरू पनि जानु पर्ने छ,’ सभापति लामिछानेले भने, ‘एउटा जिल्लाबाट न भर्खर भएको हो । कास्कीबाट भएको थाहा पाएको छु । खुशी छु ।’

    जिल्ला अदालत कास्कीका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले शुक्रबार जारी गरेको आदेशमा भनिएको छ, ‘निवेदन मनासिव देखिँदा सम्बन्धित मूल, थप र पूरक अभियोगपत्रहरूमा सहकारी ठगीको अभियोग दाबी कायम राखी अन्य सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसमेतको अभियोग नरहने गरी मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ बमोजिम संशोधन गरिदिएको छ ।’

    अब कास्कीमा रवि लामिछानेमाथि सहकारी ठगीको अभियोग मात्र बाँकी छ ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार