२०८३, मंसिर १० गते

बुधबार, मंसिर १० गते २०८३

बुधबार, मंसिर १० गते २०८३

‘रोल नं १’को नयाँ गीत ‘मेरो लागि तिमी’ सार्वजनिक

‘रोल नं १’को नयाँ गीत ‘मेरो लागि तिमी’ सार्वजनिक

साझा पोष्ट
आइतबार, जेठ १० २०८३
  • images
    ‘रोल नं १’को नयाँ गीत ‘मेरो लागि तिमी’ सार्वजनिक
    images

    काठमाडौं । फिल्म ‘रोल नं १’को इमोशनल गीत `मेराे लागि तिमी´ सार्वजनिक भएकाे छ । गीतमा शब्द, संगीत तथा स्वर प्रशान्त शिवाकोटीको छ । गीतले सन्तानका लागि  आमा–बुबा र आमा–बुबाका लागि सन्तान कति महत्वपूर्ण छन् भन्ने देखाएको छ ।


    images

    सन्तानका लागि आमा–बुबा नै ईश्वर र मन्दिर हुन् भन्ने वास्तविकता यो गीतको मुख्य सन्देश रहेको छ । आफ्नो भाग्य समेत नकोरी सन्तानका लागि त्याग र संघर्ष गर्ने आमा–बुबाको महानता तथा मायालाई केन्द्रमा राखेको गीतले फिल्मको सेन्ट्रल पोइन्ट के हो भन्ने बताएको छ ।

    सन्तानको खुुसी र उज्वल भविष्यका लागि जस्तो सुकै हन्डर र दुःख सहन तयार अभिभावकलाई केन्द्रमा राखेर तयार भएको गीतले फिल्मले दर्शकलाई के देखाउँदैछ भनेर प्रस्ट संकेत गरेको छ ।

    गीतको भिडियोमा फिल्ममाका मुख्य कलाकार फिचर्ड छन् ।

    विनोद पौडेलको निर्माण रहेको फिल्म जेठ १५ गते प्रदर्शनमा आउँदै छ । यो फिल्मले विद्यार्थीको मनोविज्ञानको कथा भन्ने निर्माणपक्षले बताएको छ । अहिलेको शैक्षिक प्रणालीले बालमनोविज्ञानमा पार्ने नकारात्मक प्रभाव र त्यसले उसको समग्र जिन्दगीमा पार्ने असरको कथा यो फिल्ममा समेटेको बताइएको छ ।

    जोन योञ्जनको निर्देशनमा तयार भएको फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी मुख्य भूमिकामा छन् । फिल्ममा बाल–कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ रहेका छन् ।

    विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको फिल्मको सह–निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन् । ‘रोल नं १’लाई महेश दवाडीले लेखेका हुन् । फिल्मको डीओपी शिवराम श्रेष्ठ रहेका छन् ।

    फिल्ममा प्रशान्त शिवाकोटीको संगीत, रोहित शाक्यको विजिएम, फिरोड खड्का चिफ एडी, प्रोडक्सन डिजाइनरमा कला संग्रौला र प्रोडक्सन हेड मनोज जोशी रहेका छन् । फिल्मका सम्पादक मदन घिमिरे हुन् । 


    निर्माता पौडेलका अनुसार यो फिल्म नेपालका साथै विदेशमा पनि एकसाथ प्रदर्शन हुनेछ । फिल्मलाई रिच इन्टरटेन्मेन्ट र जे एम सिनेमाले वितरण गर्दैछ ।

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार