काठमाडौं । नेकपा एमालेले पार्टी पुनर्गठन र निर्वाचनको समीक्षा लगायतका विषयमा अध्ययन गर्न समिति गठन गरेको छ ।
पार्टीका उपाध्यक्ष रामबहादुर थापा बादलको संयोजकत्वमा एमालेले कार्यदल बनाएको हो । कार्यदलमा विष्णुप्रसाद पौडेल, पृथ्वी सुब्बा गुरुङ,शंकर पोखरेल, लेखराज भट्ट, छविलाल विश्वकर्मा, पद्मा अर्याल र भानुभक्त ढकाल सदस्य छन् ।
यस्तै ९ प्रदेशका इन्चार्जलाई सदस्य राखिएको नेता लेखराज भट्टले जानकारी दिए । कार्यदललाई समय १ महिनाका लागि तय भएको छ ।


