२०८३, मंसिर १० गते

बुधबार, मंसिर १० गते २०८३

बुधबार, मंसिर १० गते २०८३

नेपाली चलचित्र ‘एलिफेन्ट्स इन द फग’ जित्यो कान्समा ‘जुरी प्राइज’

नेपाली चलचित्र ‘एलिफेन्ट्स इन द फग’ जित्यो कान्समा ‘जुरी प्राइज’

साझा पोष्ट
शुक्रबार, जेठ ८ २०८३
  • images
    नेपाली चलचित्र ‘एलिफेन्ट्स इन द फग’ जित्यो कान्समा ‘जुरी प्राइज’
    images

    काठमाडौं । अविनाशविक्रम शाहले निर्देशन गरेको नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ ले विश्वकै प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा ‘जुरी प्राइज’ जितेको छ । कान्सको मुख्य प्रतिस्पर्धापछिको दोस्रो महत्त्वपूर्ण विधा ‘अन सर्टेन रिगार्ड’अन्तर्गत ‘क्लोजिङ सेरोमनी’मा ‘एलिफेन्ट्स इन द फग’ ले यो अवार्ड जितेको हो । 
    यस विधाको मुख्य अवार्ड ‘अन सर्टेन रिगार्ड प्राइज’ भने सान्ड्रा वुल्नरको फिल्म ‘एभ्रिटाइम’ले जित्यो । त्यसपछिको दोस्रो मुख्य अवार्ड (जुरी प्राइज) भने नेपाली फिल्मले प्राप्त गर्न सफल भयो । 


    images

    हात्तीको आक्रमणबाट आक्रान्त बस्तीमा बस्दै आएको एक परिवारको कथा बोकेको यस फिल्ममा आमा र छोरीको गहिरो सम्बन्ध देखाइएको छ । यो परिवारले फिल्ममा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको प्रतिनिधित्व गर्छ, जहाँ सोही समुदायका व्यक्तिहरूले नै अभिनय गरेका छन् । अवार्ड घोषणा भएसँगै कलाकारको टोलीले मञ्चमै नाचेर खुसी मनाएका थिए ।

    फिल्मकी अभिनेत्री पुष्पा थिङले अवार्ड जितेलगत्तै निर्देशक शाहलाई नेपालको राष्ट्रिय झन्डा ओढाइदिएकी थिइन् । यसअघि गत ६ जेठमा कान्समा भएको फिल्म प्रिमियरका क्रममा पनि यसले निकै तारिफ बटुलेको थियो । प्रिमियरका दिन ‘साल डुबुसी थिएटर’ दर्शकले हाउसफुल थियो । ‘प्रेस स्क्रिनिङ’ पछि नै दर्शकहरू फिल्मको चर्चा सुनेर टिकट किन्न झुम्मिएका थिए । फिल्म सकिएपछि दर्शकबाट पाएको ‘स्ट्यान्डिङ ओभेसन’ का कारण कलाकारहरू भावुक बनेका थिए । कलाकार पुष्पा थिङ र निर्माता अनुप पौडेलले निर्देशक अविनाशलाई अँगालो हालेर खुसी साटेका थिए । फिल्ममा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिहरूको मुख्य भूमिका छ । फिल्ममा पुष्पा थिङ, दीपिका यादव, जस्मिन विश्वकर्मा, शान्ति गिरी, गौरी मल्ल, माओत्से गुरुङ, सञ्जय गुप्ता दुरा, महिमा नवबाग र आकांक्षा कार्कीलगायतको अभिनय छ ।

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार