२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

गुजरातलाई ९२ रनले हराउँदै आरसीबी आइपीएलको फाइनलमा

गुजरातलाई ९२ रनले हराउँदै आरसीबी आइपीएलको फाइनलमा

साझा पोष्ट
बुधबार, जेठ १३ २०८३
  • images
    images
    गुजरातलाई ९२ रनले हराउँदै आरसीबी आइपीएलको फाइनलमा

    काठमाडौं ।  गुजरात टाइटन्सलाई ९२ रनले हराउँदै साविक विजेता रोयल च्यालेन्जर्स बैंगलोर (आरसिबी) लगातार दोस्रो पटक इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनलमा प्रवेश गरेको छ । 


    images

    धर्मशालामा मंगलबार राति टस हारेर पहिले ब्याटिङ गर्दै २ सय ५४ रनको विशाल स्कोर खडा गरेको आरसीबीले गुजरातलाई १९.३ ओभरमा १ सय ६२ रनमै अलआउट  गर्यो । 

    खराब शुरुवात गरेको गुजरात शुभमन गिल, साई सुदर्शन र जोस बटलरजस्ता प्रमुख ब्याटर छिट्टै आउट भएपछि दबाबमा पर्यो खेलमा फर्किन सकेन । राहुल तेवतियाले ६८ रन बनाए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।

    आरसिबीका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे। जेकब डफीले ३ विकेट लिए भने भुवनेश्वर कुमार र क्रुनाल पाण्ड्याले समान २ विकेट हात पारे। जोश हेजलवुड र रसिख सलामले पनि महत्वपूर्ण विकेट लिए।
    आरसीबीले विशाल स्कोर खडा गर्दा कप्तान रजत पाटीदारले नटआउट ९३ रनको विस्फोटक इनिङ्स खेले। उनले केवल ३३ बलमा ९ छक्का र ५ चौका प्रहार गरे।

    विराट कोहलीले २५ बलमा ४३, देवदत्त पडिक्कलले १९ बलमा ३० र  क्रुनाल पाण्ड्याले २८ बलमा ४३ रन जोडे। वेंकटेश अय्यरले सुरुआतमा ७ बलमा १९ रन बनाए ।  आरसिबीले अन्तिम ६ ओभरमा १ सय १४ रन जोड्यो । गुजरातका लागि जेसन होल्डर र कागिसो रबाडाले समान २ विकेट लिए।


    गुजरातले शीर्ष दुईमा रहेर लिग चरण सकाएकाले अब दोस्रो क्वालिफायर खेल्ने मौका पाउनेछ। उसले सनराइजर्स हैदराबाद र राजस्थान रोयल्सबीचको एलिमिनेटर विजेतासँग प्रतिस्पर्धा गर्नेछ। 

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार