टेक्सस (अमेरिका) । नेपाली समाज टेक्ससले आयोजना गरेको एनएसटी कप क्रिकेटको उपाधि नेपाली स्टारले जितेको छ । फाइनलमा ड्यालस एक्सआइलाई ७ विकेटले हराउँदै नेपाली स्टारले उपाधि जितेको हो ।
नेपाली राष्ट्रिय टिमले २ वर्ष अघि विश्वकप खेलेको ड्यालसस्थित ग्राण्डप्रेरी क्रिकेट मैदानमा ड्यालस एक्सआइले दिएको ९४ रनको लक्ष्य नेपाली स्टारले १२ ओभर १ बलमा मात्रै तीन विकेट गुमाएर पुरा गर्यो ।
उपाधिसँगै नेपाली स्टारले ५ हजार डलर नगद पुरस्का पाएको छ । यस्तै उपविजेता ड्यालस एक्सआइले २ हजार नगद पायो । १२ टिमले भाग लिएको प्रतियोगिता हेर्न नेपाली समुदायका अगुवाहरु सहित सयौ नेपाली क्रिकेटप्रेमी रंगशालामा पुगेका थिए ।
प्रतियोगिता समापन समारोहमा नेपाली समाज टेक्ससका अध्यक्ष विजय भुसालले खेल र खेलाडिको वृहत्तर विकासका लागि आगामी दिनमा समाजले विशेष कार्यक्रम नियमित सञ्चालन गर्ने घोषणा गर्दै सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।





तस्बिर: रामचन्द्र भट्ट र सागर अर्यालको फेसबुकबाट ।


