काठमाडौं । राजस्थान रोयल्सका १५ वर्षे ब्याटर वैभव सूर्यवंशीले इन्डियन प्रिमियर लिग (आईपीएल) को एकै सिजनमा सर्वाधिक छक्का हान्ने कीर्तिमान कायम गरेका छन् ।
सनराइजर्स हैदराबादविरुद्ध अहिले भैरहेको एलिमिनेटर खेलमा १२ छक्का हानेर उनले ६५ छक्का हान्ने कीर्तिमान राखेका हुन् । गेलले सन् २०१२ मा ५९ छक्का प्रहार गरेका थिए भने सूर्यवंशीले यस खेलमा ६० औं छक्का प्रहार गर्दै त्यसलाई तोडे । उनी २९ बलमा आक्रामक ९७ रन जोडेर आउट भएका छन् ।


