२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

काभा महिला भलिबलको सेमिफाइनलमा नेपाल आज इरानसँग खेल्दै

काभा महिला भलिबलको सेमिफाइनलमा नेपाल आज इरानसँग खेल्दै

साझा पोष्ट
बिहीबार , जेठ १४ २०८३
  • images
    images
    काभा महिला भलिबलको सेमिफाइनलमा नेपाल आज इरानसँग खेल्दै

    काठमाडौं । काठमाडौंमा भइरहेको काभा महिला भलिबल च्याम्पियनसिपमा आज सेमिफाइनलका खेल आज हुँदैछन । आज घरेलु टोली नेपालले साविक विजेता इरानको सामना गर्नेछ भने अर्को सेमिफाइनलमा भारत र  काजखस्तान भीड्नेछन् । 


    images

    ८ टोली सहभागी च्याम्पियनसिपमा भारत र नेपाल क्रमशः समूह ए को विजेता र उपविजेता तथा इरान र काजखस्तान समूह बी को विजेता र उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गरेका हुन् ।


    समूह बी को विजेता इरान र समूह ए को उपविजेता नेपालबीच साँझ ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा दोस्रो सेमिफाइनल हुनेछ । इरानले समूह बी मा खेलेको तीनवटै खेल जितेको थियो । 
    यसअघि सन् २०२४ मा काठमाडौंमा भएको प्रतियोगितामा इरान र नपालबीच दुई खेल हुँदा दुवैले एक–एक खेल जितेका थिए ।

    नेपाल र इरानको खेल अघि समूह ए को विजेता भारत र समूह बी को उपविजेता काजखस्तानबीचको पहिलो सेमिफाइनल दिउँसो साढे २ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमै हुनेछ । भारतले सन् २०२४ मा काठमाडौं भएको यस च्याम्पियनसिपको पहिलो संस्करणको उपाधि जितेको थियो । काजखस्तान यो च्याम्पियनसिप खेल्ने मध्ये सबैभन्दा माथि वरियतामा रहेको टिम हो ।

    समूह ए मा भारतले ३ वटै खेल जितेर अपराजित थियो भने काजखस्तान समूह बी मा दुई खेल जित्दा एक खेलमा पराजित भएको थियो ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार