२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

इन्डोनेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा

इन्डोनेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा

साझा पोष्ट
बिहीबार , जेठ १४ २०८३
  • images
    images
    इन्डोनेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा

    काठमाडौं । लगातार दोस्रो जित निकाल्दै नेपाली राष्ट्रिय महिला क्रिकेट टोली एसियन गेम्स महिला छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ। 


    images

    बिहीबार भएको खेलमा इन्डोनेसियामाथि चार विकेटले हराउँदै नेपाल अपराजित रहेर अन्तिम चारमा पुगेको हो। दुई खेलबाट चार अंक जोडेको नेपाल समूह ‘बी’को शीर्ष स्थानमा रहेर सेमिफाइनल खेल्नेछ । 

    एक खेलमा जित र एक खेलमा हार भोगेको चीन दुई अंकसहित दोस्रो स्थानमा रहेर सेमिफाइनल पुगेको छ। अंकविहीन इन्डोनेसिया समूह चरणबाटै बाहिरिएको छ। 

    समूह ‘ए’बाट थाइल्यान्ड चार अंकसहित शीर्षस्थानमा रहेर सेमिफाइनल पुगेको छ। एक खेलमा जित र एक खेलमा हार भोगेको घरेलु टोली मलेसिया दुई अंकसहित दोस्रो स्थानमा रहेर अन्तिम चारमा पुगेको छ। यो समूहबाट हङकङ बाहिरिएको छ। 

    बिहीबार इन्डोनेसियाले दिएको ११४ रनको लक्ष्य नेपाली टोलीले तीन बल अगावै ६ विकेटको क्षतिमा भेट्टायो। नेपालका लागि कप्तान इन्दु बर्माले नटआउट ४२ रन बनाईन । सोनी पाख्रिनले २९ र कविता कुवँरले १४ रन थपे। सीता रानामगर १३ रनमा नटआउट रहिन्। 

    मलेसियाको वायोमास ओभलमा टस जितेर ब्याटिङ गरेको इन्डोनेसियाले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा ११३ रन बनाएको थियो। नेपालकी मनिषा उपाध्यायले दुई र रिया शर्माले एक विकेट लिइन्। 

    इन्डोनेसियाकी कप्तान नि पुतु आयु नन्द सकरिनी ५६ रनमा अविजित रहिन्। नि लुह देवी २३ र नी मेड पुत्री सुवान्देवीले १३ रन बनाइन्। 

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार