२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

उज्यालो नेपाल र हाम्रो नेपाल पार्टीबिच एकता

उज्यालो नेपाल र हाम्रो नेपाल पार्टीबिच एकता

साझा पोष्ट
शुक्रबार, जेठ १५ २०८३
  • images
    images
    उज्यालो नेपाल र हाम्रो नेपाल पार्टीबिच एकता

    काठमाडौं । उज्यालो नेपाल पार्टी र हाम्रो नेपाल पार्टीबिच औपचारिक रूपमा एकता भएको छ ।


    images


    उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले एक कार्यक्रमका बीच दुई पार्टीबिच एकताको सहमति भएको घोषणा गर्नुभएको हो । शुक्रवार पार्टी केन्द्रीय कार्यालय त्रिपुरेश्वरमा एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष घिसिङले हाम्रो नेपाल पार्टीका नेता तथा कार्यकर्ताहरूलाई आफ्नो पार्टीमा स्वागत गरे । 

    उनले उज्यालो नेपाल पार्टीलाई देशको बलियो वैकल्पिक राजनीतिक शक्तिका रूपमा स्थापित गर्न विभिन्न दलहरूसँग एकता प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । यसअघि उज्यालो नेपाल पार्टीले राष्ट्रिय परिवर्तन पार्टीसँग पनि एकता गरिसकेको छ । अध्यक्ष घिसिङकाअनुसार अहिले अन्य धेरै राजनीतिक दल, बुद्धिजीवी तथा विभिन्न पेशा र व्यवसायमा आवद्ध व्यक्तिहरू उज्यालो नेपाल पार्टीमा समाहित हुने क्रममा छन्  ।

    उनले भने, ‘उज्यालो नेपाल पार्टी अब साँच्चिकै विकल्पको रूपमा स्थापित हुनेछ । आगामी स्थानीय तथा प्रदेश निर्वाचनमा पार्टीको सशक्त प्रतिनिधित्व हुनेछ र त्यसपछिको निर्वाचनमा देशको नेतृत्व गर्ने गरी हामी अगाडि बढेका छौँ ।’

    एकता प्रक्रियामा सहभागी भएकाहरूलाई बधाई दिँदै घिसिङले पार्टीको भावी योजना र सहमतिका विस्तृत विषयमा दुवै पार्टीका महासचिवहरूले थप स्पष्ट पार्ने बताए । 

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार