२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

चीनसँग हारेपछि टुट्यो नेपालको एसियन गेम्स खेल्ने सपना

चीनसँग हारेपछि टुट्यो नेपालको एसियन गेम्स खेल्ने सपना

साझा पोष्ट
आइतबार, जेठ १७ २०८३
  • images
    images
    चीनसँग हारेपछि टुट्यो नेपालको एसियन गेम्स खेल्ने सपना

    काठमाडौं । चीनसँग पराजित भएपछि नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको एसियन गेम्स खेल्ने सपना अधुरो रहेको छ । 


    images

    एसियन छनोटअन्तर्गत तेस्रो स्थानका लागि आइतबार बिहान मलेसियाको वायोमास ओभलमा भएको खेलमा नेपाल चीनसँग डीएलएस मेथडमा ५ विकेटले पराजित भयो । 


    योसँगै नेपाली महिला क्रिकेट टोलीले जापानमा हुने एसियन गेम्समा छनोट हुने अन्तिम मौका पनि गुमायो । नेपाललाई पराजित गरेसँगै चीनले एसियन गेम्समा स्थान बनाएको छ। 

    वर्षाका कारण खेल ७ ओभरमा छोट्याइएको खेलमा नेपालले ७ ओभरमा ५ विकेट गुमाएर ५० रनको योगफल तयार पारेको थियो। 

    डीएल मेथडमा चीनले ४३ रनको नयाँ लक्ष्य पाएको थियो। जुन लक्ष्य चीनले निर्धारित ७ ओभरमा ५ विकेटको क्षतिमा पुरा गर्यो । 

    एसियन खेलकुदमा स्थान बनाउन अन्तिम बलमा २ रन आवश्यक परेको खेलमा काई युझीले चौका प्रहार गर्दै चीनलाई जिताइन ।  

    मिङयु झुले बनाएको १८ रन नै चीनका लागि सर्वाधिक रह्यो। नेपालकी रिया शर्माले २ विकेट लिइन्। २ खेलाडी रन आउट हुन पुगे। 

    त्यसअघि चीनले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित ७ ओभरमा ५ विकेटको क्षतिमा ५० रन बनाएको थियो । 

    तेस्रो ओभरको खेल जारी रहँदा पानी परेपछि खेल ७ ओभरमा छोट्टाइएको थियो।  

    नेपालका लागि कविता कुवँर २२ र रुविना क्षेत्री ३ रनमा नटआउट रहे। कविताले १० बलमा १ चौका र १ छक्का प्रहार गरिन्। 

    कप्तान इन्दु बर्मा ११ रनमा आउट भईन् । सम्झना खड्का ५  र उपकप्तान पुजा महतो  १  रनमा आउट भए । सोनी पाख्रिन ५ रनमा रिटायर्ट आउट भइन्।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार