२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

साफ महिला फूटबलको सेमिफाइनलमा नेपालले बंगलादेशको सामना गर्ने

साफ महिला फूटबलको सेमिफाइनलमा नेपालले बंगलादेशको सामना गर्ने

साझा पोष्ट
सोमबार, जेठ १८ २०८३
  • images
    images
    साफ महिला फूटबलको सेमिफाइनलमा नेपालले बंगलादेशको सामना गर्ने

    काठमाडौं ।  नेपालले भारतको गोवामा जारी साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा बंगलादेशको सामना गर्ने भएको छ । 


    images

     नेपाल समूह ए काे  विजेताका रुपमा अन्तिम चारमा पुगेको हो । पहिलो खेलमा भुटानलाई १-० हराएको नेपालले आज दोस्रो खेलमा आज श्रीलंकालाई २-० ले हरायो ।

     गोवास्थित नेहरू रंगशालामा नेपाललाई जित दिलाउन रश्मिकुमारी घिसिङ र रेनुका नगरकोटेले समान एक गोल गरे। बंगलादेश समूह ‘बी’ को उपविजेताका रुपमा अन्तिम चारमा पुगेको हो।

    भारत ६ अंकसहित समूहको विजेता बन्यो।यसअघि भारतले आफ्नो पहिलो खेलमा माल्दिभ्सलाई ११-० ले हराएको थियो।

    अर्को सेमिफाइनल भारत र भुटानबीच हुनेछ । भारत समूह ‘बी’ विजेता र भुटान समूह ‘ए’ को उपविजेता बन्दै रुपमा सेमिफाइनलमा पुगेका हुन्।दुवै सेमिफाइनल खेल बुधबार हुनेछ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार