२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

दिल्ली पुगे रास्वपा सभापति रवि लामिछाने, भाजपाका महासचिव र विदेश विभाग प्रमुखले गरे स्वागत

दिल्ली पुगे रास्वपा सभापति रवि लामिछाने, भाजपाका महासचिव र विदेश विभाग प्रमुखले गरे स्वागत

साझा पोष्ट
सोमबार, जेठ १८ २०८३
  • images
    images
    दिल्ली पुगे रास्वपा सभापति रवि लामिछाने, भाजपाका महासचिव र विदेश विभाग प्रमुखले गरे स्वागत

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने दिल्ली पुगेका छन्। पाँच दिने भ्रमणका लागि सभापति लामिछाने दिल्ली गएका हुन् । 

    images

    उनलाई दिल्ली विमानस्थलमा भाजपाका महासचिव अरुण सिंह तथा विदेश विभाग प्रमुख विजय चौथाइवालेले स्वागत गरे।

    उनी भाजपाका अध्यक्ष नीतिन नवीनको निम्तोमा भारत गएका हुन्। रविसँगै उनकी पत्नी निकिता, पार्टीका सहमहामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहरा र प्रदीप आचार्य छन्।

    नयाँ दिल्लीमा रविले उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने जनाइएको छ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार