काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको राजीनामा माग गर्दै विभिन्न विद्यार्थी संगठनहरूले मसाल जुलुस निकालेका छन्।
‘नेपालले पनि भारतको भूमि मिचेको छ’ भन्ने अभिव्यक्तिको विरोध गर्दै विद्यार्थीले मशाल जुलुश निकालेका हुन् । उनीहरुले काठमाडौँको त्रिचन्द्र क्याम्पस र आरआर क्याम्पसअगाडि मसाल जुलुस निकाल्दै प्रधानमन्त्री शाहको पुतलासमेत जलाएका छन् ।
आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै प्रधानमन्त्री शाहले नेपालले पनि भारतको भूमि मिचेको अभिव्यक्ति दिएका थिए। उनको अभिव्यक्तिको चौतर्फी विरोध भइरहेको छ। राजनीतिक दलहरुले प्रधानमन्त्रीले यो विषयमा माफी माग्नुपर्ने अडान राखेका छन् ।


