२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

विपक्षीले नाराबाजी नरोकेपछि प्रतिनिधिसभा बैठक २५ गतेसम्मका लागि स्थगित

विपक्षीले नाराबाजी नरोकेपछि प्रतिनिधिसभा बैठक २५ गतेसम्मका लागि स्थगित

साझा पोष्ट
मंगलबार, जेठ १९ २०८३
  • images
    images
    विपक्षीले नाराबाजी नरोकेपछि प्रतिनिधिसभा बैठक २५ गतेसम्मका लागि स्थगित

    काठमाडौं । विपक्षी दलहरूले प्रतिनिधिसभा बैठकको वेलमा नाराबाजी नरोकेपछि प्रतिनिधिसभा बैठक २५ गतेसम्मका लागि स्थगित भएको छ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको अर्को बैठक २५ गते बस्नेगरी स्थगित गरेको घोषणा गरेका हुन् । 


    images

    विपक्षीले प्रधानमन्त्री बालेन शाहको विवादित अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने, प्रधानमन्त्रीले माफी माग्नुपर्ने अडान लिएका छन् ।

    प्रधानमन्त्रीको अभिव्यक्ति संवेदनशील र गम्भीर विषय भएकाले उच्चस्तरीय राजनीतिक छलफल गरेर समाधान निकाल्नुपर्ने उनीहरुको माग छ ।

    विपक्षीको अवरोधले कार्यसूचीमा अघि बढ्ने अवस्था नभएपछि सभामुखले २५ गते सोमबार बिहान ११ बजे बस्नेगरी बैठक स्थगित गरेको घोषणा गरे ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार