काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली प्रतिनिधिसभा निर्वाचनपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखा परेका छन् ।
केन्द्रीय संगठन विभागको आयोजना गरेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयक दुई दिने राष्ट्रिय कार्यशाला सहभागी भएका हुन् ।
२१ फागुनको प्रतिनिधि सभा निर्वाचनपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा आएका ओलीले रोपिएको बिरुवामा पानी हालेर राष्ट्रिय कार्यशालाको उदघाटन गरे ।
कार्यशालामा सम्पूर्ण प्रदेश तथा जिल्ला इन्चार्जहरू सहभागी छन् । पार्टीका प्रदेश कमिटी वा सो सरहका कमिटीका पदाधिकारी र कार्यालय सचिवहरू, जिल्ला कमिटीका अध्यक्ष र संगठन विभाग प्रमुखहरू, जनसंगठन केन्द्रीय कमिटीका अध्यक्ष र संगठन विभाग प्रमुखहरू उपस्थित रहेको एमालेले जनाएको छ ।
कार्यशालामा पार्टीको सदस्यता विस्तार, नवीकरण प्रक्रिया र सांगठनिक सुदृढीकरणका भावी योजनाबारे छलफल अभिमुखीकरण हुने बताइएको छ ।






