२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीको प्रदर्शन

प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीको प्रदर्शन

साझा पोष्ट
शनिबार, जेठ २३ २०८३
  • images
    images
    प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध  श्रम संस्कृति पार्टीको प्रदर्शन

    काठमाडौं । श्रम संस्कृति पार्टीले प्रधानमन्त्री बालेन्द्र साहको नेपाल भारत सीमा विवादसम्बन्धी अधिव्यक्ति विरुद्ध प्रर्दशन गरेको छ । 
    शनिवार श्रम संस्कृति पार्टीले माईतीघरमा प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध खबरदारी सभा आयोजना गरि विरोध प्रदर्शन गरेको हो । प्रधानमन्त्री शाहले प्रतिनिधि सभामा सम्बोधन गर्नेक्रममा ‘नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएपछि विपक्षी दल तथा नागरिक अगुवाले प्रधानमन्त्रीको विरुद्ध प्रदर्शन गर्दै आएका छन् । 


    images


    प्रदर्शनमा सहभागीहरुले ‘संसदमा प्रधानमन्त्रीले दिएको तथ्यहीन अभिव्यक्ति फिर्ता गर’, ‘सिंहदरबारको कुर्सीमा बस्दा नेपालीको भरोसा बन, कसैको कठपुतली नबन !’,

    ‘नेपाली माटोको रक्षा गर’, ‘राष्ट्रको सम्मान जोगाऔँ, गैर जिम्मेवार अभिव्यक्तिको विरोध गरौँ’, ‘नेपालीको प्रधानमन्त्री हो की विदेशीको दलाल हो ?’, लम्पसार कुटनीति होईन, स्वाभिमानको अडान राख’ लगायत नारा लेखिएको प्लेकार्ड बोकेका थिए । –न्युज एजेन्सी नेपाल

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार