काठमाडौं । पूर्वगृहमन्त्री सुधन गुरुङले आफ्नो सम्पत्तिको छानबिनपछि सफाइ पाएर आफूले फेरि जिम्मेवारी पाउने संकेत गरेका छन् ।
आइतबार रास्वपा गोरखाको अधिवेशन समारोहलाई सम्बोधन गर्दै उनले आफूले गृहमन्त्रालयको जिम्मेवारी पाउने आशा व्यक्त गरेका हुन् ।
‘मलाई फेरि त्यो जिम्मेवारीमा इच्छाउनुहुन्छ, काबिल देख्नुहुन्छ भने म त्यो पदमा गइहालेँ भने पनि मलाई अलिकति समय दिनु,’ उनले भने, ‘दुई महिनाजति समय दिनु । त्यतिखेर फोटो खिच्ने र माला लगाउने, खादा लगाउने, बधाई दिने कार्यहरू नगरौँ । मन्त्रालय धाउने काम नगरौँ ।’
उनले आफूलाई जिम्मेवारी दिए दुई महिनामा धेरै काम गरेर देखाउने दाबी पनि गरे ।
‘दुई महिना समय दिनुहोला म त्यतिखेर सबैकुराहरू स्टाब्लिस गरिदिन्छु । त्यसपछि पनि भएन भने बाबु तिम्ले बोलेको कुरा भएन है भन्नुहोला,’ उनले भने ।


