काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक अहिले केहीबेरमा शुरु हुँदैछ ।
बैठक संसद् सचिवालयस्थित सार्वजनिक लेखा समितिको हल, सिंहदरबारमा बैठक बस्नेछ । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलबाट पार्टी अध्यक्ष वा सभापतिसहित दुई जना प्रतिनिधि सहभागी हुनसक्ने व्यवस्था गरिएको छ ।
बैठकमा समसामयिक राजनीतिक विषय तथा राष्ट्रिय चासोका मुद्दामाथि छलफल हुने बताइएको छ ।
बैठकमा विभिन्न पार्टीका नेताहरु सहभागी हुँदैछन् ।नेपाली कांग्रेसले संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, एमालेले प्रमुख सचेतक ऐनबहादुर महर, नेकपाले सहसंयोजक माधवकुमार नेपाल र वर्षमान पुनलाई बैठकमा पठाउने भएको छ ।


