२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

दरबार हत्याकाण्डमा राष्ट्रपति पौडेललाई अनुसन्धानको दायरामा ल्याउन ज्ञानेन्द्र शाहीको माग

दरबार हत्याकाण्डमा राष्ट्रपति पौडेललाई अनुसन्धानको दायरामा ल्याउन ज्ञानेन्द्र शाहीको माग

साझा पोष्ट
बुधबार, जेठ २७ २०८३
  • images
    images
    दरबार हत्याकाण्डमा राष्ट्रपति पौडेललाई  अनुसन्धानको दायरामा ल्याउन ज्ञानेन्द्र शाहीको माग

    काठमाडौं । राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले ०५८ सालको राजदरबार हत्याकाण्डसँग जोडेर राष्ट्रपति रामचन्द्र पौडेलमाथि अनुसन्धानको माग गरेका हुन ।


    images

    दरबार हत्याकाण्ड छानबिन गर्ने गृहमन्त्री सुधन  गुरुङको निर्णयको स्वागत गर्दै त्यतिबेलाका गृहमन्त्री एवम् अहिलेका  राष्ट्रपति पौडेललाई अनुसन्धानको दायरामा ल्याउन माग गरेका हुन् । 


    शाही सामाजिक सञ्जालमा लेख्छन् ,  माननीय गृहमन्त्री  सुधन गुरुङज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना। दरबार हत्याकाण्डको निष्पक्ष र गहन छानबिन गर्ने प्रतिबद्धताको हार्दिक स्वागत गर्दछु। सत्यतथ्य उजागर गर्न घटनाकालमा जिम्मेवार पदमा रहेका सबै सरोकारवालाहरू, विशेषगरी तत्कालीन गृहमन्त्री तथा वर्तमान राष्ट्रपति महामहिम रामचन्द्र पौडेलज्यू लगायतलाई अनुसन्धानको दायरामा ल्याई निष्पक्ष छानबिन गर्न हार्दिक अपिल गर्दछु।'

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार