२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

विश्वकप फुटबलमा मेक्सिकोको शानदार जित, दक्षिण अफ्रिका पराजित

विश्वकप फुटबलमा मेक्सिकोको शानदार जित, दक्षिण अफ्रिका पराजित

साझा पोष्ट
शुक्रबार, जेठ २९ २०८३
  • images
    images
    विश्वकप फुटबलमा मेक्सिकोको शानदार जित, दक्षिण अफ्रिका पराजित

    काठमाडौं । दक्षिण अफ्रिकालाई हराउँदै मेक्सिकोले फिफा विश्वकप फुटबल- २०२६ विजयी शुरुवात गरेको  छ । मेक्सिकोको सिटी रङ्गशालामा गएराति भएको उद्घाटन खेलमा घरेलु टोलीले दक्षिण अफ्रिकालाई २–० गोलअन्तरले हराएको हो । 


    images

    मेक्सिकोका लागि जुलियन क्विनोनेस र राउल जिमेनेजले समान एक–एक गोल गरे। 

    खेल सुरुआतको  नवौं मिनेटमा जुलियन क्विनोनेसले गोल गर्दै मेक्सिकोलाई सुरुआति अग्रता दिलाएका थिए। 

    इरिक लिराले दिएको पासलाई सदुपयोग गर्दै जुलियनले गोल गरेका हुन्। खेलको ४९ औँ मिनेटमा दक्षिण अफ्रिकाका सेफेलो सिथोलले पहिलो रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि दक्षिण अफ्रिका १० खेलाडीमा सिमित बन्यो। 

    त्यसपछि खेलको ६७औँ मिनेटमा राउल जिमेनेजले गोल गर्दै मेक्सिकोको अग्रता दोब्बर बनाए। 

    खेलको ८४औँ मिनेटमा दक्षिण अफ्रिकाका अर्का खेलाडी थेम्बा ज्वानेले रातो कार्ड पाए । त्यसपछि दक्षिण अफ्रिका ९ खेलाडीमा सिमिति बन्यो। खेलको दोस्रो हाफको अतिरिक्त समयमा मेक्सिकोका सेजर मोन्टेसले पनि रातो कार्ड पाएर मैदान बाहिरिए। 

    विश्वकपको उद्घाटन खेलमा तीन खेलाडीले रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए।

    यो जितसँगै समूह ‘ए’ मा रहेको मेक्सिकोले शीर्ष तीन अङ्क बटुलेको छ। आजै हुने समूह ‘ए’ अन्तर्गतको अर्को खेलमा चेक रिपब्लिक र दक्षिण कोरियाबिच प्रतिस्पर्धा हुनेछ। उक्त खेल शुक्रबार बिहान पौने आठ बजेदेखि सुरु हुने छ। 

     

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार