काठमाडौं । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले ‘राष्ट्रिय वैकल्पिक मोर्चा’ गठनको पहल गर्ने भएको छ।
श्रम संस्कृति पार्टी, उज्यालो नेपाल पार्टी र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) लाई एउटै मोर्चा बनाउन पहल गर्ने निर्णय गरेको हो ।
राजनैतिक सिद्धान्त, विचार र लक्ष्य मिल्ने दलहरूसँग पार्टी एकीकरण तथा मोर्चाबन्दी गर्नको लागि वार्ता टोली समेत गठन गरेको छ।
नरेन्द्र चौधरीको संयोजकत्वमा ३ सदस्यीय वार्ता कार्यदल गठन गरेको केन्द्रीय सचिवालय प्रमुख राजेशकुमार मण्डलले बताए।
वार्ता कार्यदलमा डा। जयकान्त राउत र प्रमोदकुमार गुप्ता सदस्य छन् ।


