२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

कोलम्बियाको विजयी सुरुवात,उज्वेकिस्तान ३-१ ले पराजित

कोलम्बियाको विजयी सुरुवात,उज्वेकिस्तान ३-१ ले पराजित

साझा पोष्ट
बिहीबार , असार ४ २०८३
  • images
    images
    कोलम्बियाको विजयी सुरुवात,उज्वेकिस्तान ३-१ ले पराजित

    काठमाडौं । फिफा विश्वकप २०२६ मा कोलम्बियाले विजयी शुरुवात गरेको छ । मेक्सिको सिटी रंगशालामा केहीबेर अघि सकिएको खेलमा कोलम्बियाले उज्वेकिस्तानलाई १ का विरुद्ध ३ गोलले पराजित गर्यो । कोलम्बियाका लागि डानिएल मुनोज, लुइस डियाज र जामिन्टन क्याम्पाजले गोल गरे ।


    images

     विश्वकपमा डेब्यु गरेको उज्बेकिस्तानको लागि अब्बोसबेक फेजुल्लाएभले गोल गरे । कोलम्बियाका डानिएल मुनोजले ४०औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका हुन् । विश्वकपमा डेब्यु गरिरहेको उज्बेकिस्तानका लागि अब्बोसबेक फेजुल्लाएभले ६०औं मिनेटमा बराबरी गोल गरेका थिए । उनी फिफा विश्वकपमा उज्बेकिस्तानका लागि गोल गर्ने पहिलो खेलाडी बने ।

    तर उज्बेकिस्तानको बराबरी गोलको खुशी धेरै समय टिकेन । त्यसको पाँच मिनेटपछि नै  लुइस डियाजले गोल गर्दै कोलम्बियालाई २(१ को अग्रता दिलाएका थिए ।

    त्यसपछि दोस्रो हाफको इन्जुरी टाइमको नवौँ मिनेटमा जामिन्टन क्याम्पाजले गोल गर्दै कोलम्बियालाई ३-१ ले जिताए । यो जितपछि कोलम्बिया ३ अंकसहित समूह के को शीर्ष स्थानमा उक्लेको छ । यसै समूहको अर्को खेलमा पोर्चुगल र डिआर कंगोले १-१ को बराबरी खेल्दै अंक बाँडेका थिए ।

     

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार