२०८३, साउन ३१ गते

आइतबार, साउन ३१ गते २०८३

आइतबार, साउन ३१ गते २०८३

कक्षा १२ को नतिजा सार्वजनिक, नियमिततर्फ ६९.७५ प्रतिशत उत्तीर्ण

कक्षा १२ को नतिजा सार्वजनिक, नियमिततर्फ ६९.७५ प्रतिशत उत्तीर्ण

साझा पोष्ट
शुक्रबार, असार ५ २०८३
  • images
    images
    कक्षा १२ को नतिजा सार्वजनिक, नियमिततर्फ ६९.७५ प्रतिशत उत्तीर्ण

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । शुक्रबारबिहान बसेको परीक्षा बोर्डको बैठकले नतिजा सार्वजनिक गरेको हो ।


    images

    गत वैशाख १४ देखि २७ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा आज बिहान सार्वजनिक गरिएको हो ।

    सार्वजनिक नतिजा अनुसार यस वर्ष नियमिततर्फ ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। नियमिततर्फ परीक्षामा सहभागी कुल ३ लाख ३२ हजार २४१ विद्यार्थीमध्ये २ लाख ३१ हजार ७७० जनाले सबै विषयमा ग्रेड प्राप्त गरेका हुन् ।

    त्यसैगरी, नियमिततर्फका १ लाख ४ सय ७१ एनजीको सामना गरे । यो नियमिततर्फको कुल परीक्षार्थी संख्याको करिब ३०.२५ प्रतिशत हो।

     

    नियमित र आंशिक गरी यसपटक कुल ४ लाख ९५ हजार १७० परीक्षार्थी परीक्षामा सहभागी  थिए । जसमध्ये आंशिकतर्फका ३६ हजार ४२० जनासहित कुल २ लाख ६८ हजार १९० जनाले नतिजामा सफलता हात पारेका छन् । दुवैतर्फका गरी ६४.३१ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । परीक्षामा अमर्यादित गतिविधि गर्ने ४० जनाको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ।

    जीपीएमा कति ?

    बोर्डले उपलब्ध गराएको नतिजाअनुसार यस वर्ष २.८१ देखि ३.२० जीपीएको सूचीमा धेरै विद्यार्थी छन्। यस समूहमा ९४ हजार २४९ जना छन्।

    ३.६१ देखि ४.० जीपीए : १७,७८६ जना

    ३.२१ देखि ३.६० जीपीए: ६४,८२१ जना

    २.८१ देखि ३.२० जीपीए: ९४,२४९ जना

    २.४१ देखि २.८० जीपीए: ५०,५९७ जना

    २.०१ देखि २.४० जीपीए: ४,३०८ जना

    १.६१ देखि २.०० जीपीए: ९ जना

    सैद्धान्तिक परीक्षामा कम्तीमा ‘डी’ ग्रेड ल्याउनुपर्ने बोर्डले जनाएको छ । सोभन्दा कम अंक ल्याई बढीमा दुई विषयमा ‘एनजी’ आएका वा बढीमा दुई विषयमा अनुपस्थित रहेका विद्यार्थीले मौका (पूरक) परीक्षा दिन पाउनेछन् । समयतालिका छिट्टै सार्वजनिक गर्ने बोर्डले जनाएको छ ।

    विद्यार्थीले नतिजा राष्ट्रिय परीक्षा बोर्ड, नेपाल टेलिकमको वेबसाइट साथै एसमएसबाट थाहा पाउन सकिने बोर्डले जनाएको छ ।

     

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार