२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

इरानले अमेरिकाविरुद्ध फिफामा उजुरी दिने, असमान व्यवहार भएको गुनासो

इरानले अमेरिकाविरुद्ध फिफामा उजुरी दिने, असमान व्यवहार भएको गुनासो

साझा पोष्ट
शुक्रबार, असार ५ २०८३
  • images
    images
    इरानले अमेरिकाविरुद्ध फिफामा उजुरी दिने, असमान व्यवहार भएको गुनासो

    काठमाडौं । सन् २०२६ को फिफा विश्वकपको सह(आयोजक संयुक्त राज्य अमेरिकाले यात्रामा कडाइ गरेकोप्रति इरानले फुटबलको सर्वोच्च निकाय फिफामा आधिकारिक उजुरी दिने भएको छ।
    इरानी टोली खेल हुनुभन्दा एक दिनअघि मात्र अमेरिका प्रवेश गर्न पाउने र खेल सकिएकै दिन देश छाड्नुपर्ने भिसाको सर्तका कारण टोलीको तयारीमा गम्भीर असर परेको इरानको गुनासो छ ।
    लस एन्जलसमा न्युजिल्याण्डसँग भएको आफ्नो पहिलो खेल २(२ को बराबरीमा सकिएपछि इरानका मुख्य प्रशिक्षक अमिर घालेनोईले आक्रोश व्यक्त गरेका छन्। उनले इरान यस विश्वकपको ‘सबैभन्दा उत्पीडित’ टोली भएको टिप्पणी गरेका छन् ।


    images

    इरानी फुटबल महासंघले एक विज्ञप्ति जारी गर्दै यी प्रतिबन्धहरू सबै सहभागी टोलीहरूलाई समान अवस्था प्रदान गर्ने सिद्धान्तको विपरीत रहेको बताएको छ ।

    विज्ञप्तिमा भनिएको छ, ‘यो प्रतिबन्धले टोलीको तयारी प्रक्रियामा नकारात्मक असर पार्न सक्छ। तसर्थ, महासंघले उचित माध्यमबाट फिफासमक्ष औपचारिक रूपमा आफ्नो असन्तुष्टि व्यक्त गर्दै उजुरी दर्ता गर्नेछ ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार