२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

रास्वपाको अन्तिम केन्द्रीय समितिको अन्तिम बैठक आज भरतपुरमा बस्दै

रास्वपाको अन्तिम केन्द्रीय समितिको अन्तिम बैठक आज भरतपुरमा बस्दै

साझा पोष्ट
शनिबार, असार ६ २०८३
  • images
    images
    रास्वपाको अन्तिम केन्द्रीय समितिको अन्तिम बैठक आज भरतपुरमा बस्दै

    काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको अन्तिम बैठक आज दिउँसो चितवनमा बस्ने भएको छ ।
    भरतपुरस्थित सीएटी होटेलमा दिउँसो १ बजे बस्ने बैठकमा पार्टीको प्रथम महाधिवेशनको तयारी, केन्द्रीय सचिवालयबाट पारित विधान संशोधन प्रस्ताव तथा समसामयिक संगठनात्मक विषयमा छलफल हुने  जनाइएको छ ।


    images

    रास्वपाको हाल १३१ सदस्यीय केन्द्रीय समिति छ । अब विधान संशोधन गरेर त्यसलाई १५१ बनाउने प्रस्ताव गरिएको छ । केन्द्रीय समितीबाट पारित भएको संशोधन प्रस्ताव महाधिवेशनको बन्दसत्रमा पेश गरिनेछ ।

    केन्द्रीय समितिको बैठक तथा महाविधेशनमा सहभागी हुनका लागि पार्टी सभापति रवि लामिछाने आज चितवन जाने कार्यक्रम छ । 

    रास्वपाको पहिलो महाधिवेशन भोलीदेखि ३ दिनसम्म चितवनको भरतपुरमा हुँदैछ । महाधिवेशनमा देशभरबाट ३ हजार प्रतिनिधी, पार्टीका नेता कार्यकर्ता तथा पर्यवेक्षकहरूको सहभागिता रहनेछ । महाधिवेशनको उद्घाटन सत्र भरतपुरको गेस्ट हाउस चौरमा हुनेछ भने बन्दसत्र चितवन उद्योग संघको प्रर्दशनी केन्द्रमा हुनेछ । प्रतिनिधिहरुलाई खानाको व्यवस्थापन पार्टीले गरेको छ भने आवासको व्यवस्था र खर्च प्रतिनिधी आफैंले गर्नुपर्ने हुन्छ ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार