२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

रास्वपाको साधारण सदस्यको संख्या पाँच लाख नाघ्यो

रास्वपाको साधारण सदस्यको संख्या पाँच लाख नाघ्यो

साझा पोष्ट
शनिबार, असार ६ २०८३
  • images
    images
    रास्वपाको साधारण सदस्यको संख्या पाँच लाख नाघ्यो

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को साधारण सदस्यको संख्या ५ लाख नाघेको छ । चितवनमा भोलिदेखि शुरु हुन लागेको पहिलो राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा आयोजित केन्द्रीय समिति बैठकपछि पत्रकारसँग कुराकानी गर्दै प्रवक्ता मनिष झाले यो  तथ्यांक प्रस्तुत गरेका हुन् ।
    यस्तै, ४ हजार ६३ वडामा पार्टीको वडा अधिवेशन भएर त्यहाँबाट प्रतिनिधित्व हुँदै केन्द्रीय महाधिवेशनसम्म पुगेको उनले बताए ।


    images

    उनका अनुसार केन्द्रीय महाधिवेशनअघि देशभरका ७५३ मध्ये ६१० पालिकाका अधिवेशन सम्पन्न भएका छन् । यस्तै १६५ निर्वाचन क्षेत्रमध्ये १०० वटामा क्षेत्रीय अधिवेशन र ७७ जिल्लामध्ये ६३ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भएको उनले जानकारी दिए ।
    १३ वटा जिल्लाबाट तदर्थ समितिकै तर्फबाट महाधिवेशनमा सहभागिता भइरहेको उनले बताए ।
    यस्तै, ६ वटा प्रदेशमा प्रदेश अधिवेशन सकिएको उनले जानकारी दिए । ‘मधेश प्रदेशको केही प्राविधिक कारणले बाँकी रह्यो । सहभागिता सन्तुलित छ,’ उनले भने ।
    महाधिवेशनमा हालसम्म ३९१८ जना महाधिवेशन प्रतिनिधि दर्ता हुन आएको उनले बताए ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार