२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

महाधिवेशन अघि रविको प्रतिवद्धता: संविधान र गणतन्त्रप्रति गर्व छ, रक्षा गर्छाैं (भिडियो)

महाधिवेशन अघि रविको प्रतिवद्धता: संविधान र गणतन्त्रप्रति गर्व छ, रक्षा गर्छाैं (भिडियो)

साझा पोष्ट
शनिबार, असार ६ २०८३
  • images
    images
    महाधिवेशन अघि रविको प्रतिवद्धता:  संविधान र गणतन्त्रप्रति गर्व छ, रक्षा गर्छाैं (भिडियो)

    चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान र संघिय लोकतान्त्रिक गणतन्त्रको उपलब्धिको रक्षा गर्न आफूहरु प्रतिबद्ध रहेको बताएका छन्।  


    images

    शनिवार चितवनमा बसेको रास्वपाको केन्द्रिय समिति बैठकमा उनले लुकमा आएको परिवर्तन र उपलब्धिहरू विगतका संघर्ष तथा बलिदानकै जगमा सम्भव भएको उल्लेख गर्दै लोकतान्त्रिक मूल्य–मान्यताप्रति सधैं प्रतिवद्ध रहने बताएका हुन्।

    ‘संघीय लोकतान्त्रिक गणतन्त्र, विभिन्न परिवर्तन, देशको संविधान, यो मुलुकलाई यहाँसम्म ल्याइ पुर्‍याउँदा भएका त्याग, बलिदान, संघर्षहरूको सम्मानको जगमा हामी उभिएका छौँ र हामीलाई यसमा गर्व छ। हामी गर्वका साथ यो परिवर्तनको संघारमा उभिएका छौँ र हिजोको त्याग र बलिदानीको उचाइको काँधमा उभिएको हुनाले, बस्न पाएको हुनाले नै हामी यति फराकिलो दृश्य देख्न पाइरहेका छौँ । त्यसैले म तपाईँहरूलाई प्रतिबद्धताका साथ फेरि पनि भन्न चाहन्छु कि यी मूल्य र मान्यताहरू र लोकतन्त्रप्रतिको प्रतिबद्धताबाट हामी कहिल्यै विमुख हुने छैनौँ, म कहिल्यै विमुख हुने छैन,' उनले भने।

    उनले पार्टीको आन्तरिक लोकतन्त्रलाई पनि मजबुद बनाउने बताए।

    पार्टी स्थापनाका समयमा केन्द्रिय समितिमा राख्ने मान्छे नपाएको स्मरण गर्दै उनले हाल केन्द्रिय समितिमा सबैभन्दा बढी आंकाक्षी देखिएको बताए। उनले महाधिवशेनमा स्वच्छ प्रतिस्पर्धा गर्न पनि आग्रह गरे। रास्वपाको महाधिवेशन आइतवारदेखि चितवनको भरतपुरमा शुरु हुँदैछ र लामिछाने सभापति हुने लगभग पक्का छ । 

    ">

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार