२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

रास्वपाको निर्वाचन तालिका सार्वजनिक, सभापतिका लागि मनाेनयन शुल्क ५१ हजार

रास्वपाको निर्वाचन तालिका सार्वजनिक, सभापतिका लागि मनाेनयन शुल्क ५१ हजार

साझा पोष्ट
आइतबार, असार ७ २०८३
  • images
    images
    रास्वपाको निर्वाचन तालिका सार्वजनिक, सभापतिका लागि मनाेनयन शुल्क ५१ हजार

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको निर्वाचन तालिका सार्वजनिक गरिएको छ। केन्द्रीय निर्वाचन आयोगका अनुसार तालिकाअनुसार आज राति ११ बजे प्रतिनिधिहरूको अन्तिम नामावली प्रकाशन गरिने छ। सोमबार दिउँसो १ बजेदेखि उम्मेदवार मनोनयनका लागि फारम वितरण गरिने आयोगका प्रमुख भुवन केसीले जानकारी दिए।


    images

    सोमबार दिउँसो २ बजेदेखि ४ बजेसम्म उम्मेदवार मनोनयन दर्ता गरिने छ भने साँझ ६ बजे उम्मेदवारहरूको नामावली प्रकाशन गरिने छ। यस्तै, सोमबार बेलुका ६ बजेदेखि ७ बजेसम्म उम्मेदवारविरुद्ध दाबी–विरोध, ७ बजेदेखि ९ बजेसम्म दाबी–विरोध परेका उम्मेदवारबारे जाँचबुझ गरिने छ।

    बेलुकी ९ः१५ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने अन्तिम समय तोकिएको छ। उम्मेदवारको अन्तिम नामावली राति ११ बजे प्रकाशन गरिने छ।

    यही असार ९ गते मङ्लबार बिहान ८ः३० बजेदेखि दिउँसो ३ बजेसम्म पहिलो चरणको मतदान सुरु गरिनेछ।

    जसमा एक जना सभापति र ९९ जना केन्द्रीय सदस्यका लागि मतदान गरिने उनले जानकारी दिए। मतदानपछि पहिलो चरणको मतगणना र मतपरिणाम घोषणा दुई घण्टापछि गरिने छ। त्यसपछि दोस्रो चरणको मतदान प्रक्रिया अघि बढाइने छ।

    आयोगले पार्टी सभापतिको उम्मेदवारका लागि रु ५१ हजार शुल्क र एक जना प्रस्तावक एवं ५१ जनाको समर्थन आवश्यक पर्ने केसीले जानकारी दिए।

    यस्तै, पार्टी पदाधिकारीका लागि रु ४१ हजार शुल्क र एक जना प्रस्तावक तथा २१ जनाको समर्थन, र केन्द्रीय सदस्यका लागि रु २१ हजार शुल्क र एक जना प्रस्तावक एवं २१ जनाको समर्थन आवश्यक पर्ने आयोगले जनाएको छ ।

    रास्वपा महाधिवेशनमा ४,२११ जना प्रतिनिधि छन्। केही बेरमा सभापति रवि लामिछाने र वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री बालेनले महाधिवेशनको उद्घाटन गर्दैछन्। 

     

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार