काठमाडौं । रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेले आफूहरू देशलाई जिताउन राजनीतिमा आएको बताएका छन् ।
आइतबार पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले
कसैलाई हराउन राजनीतिमा नआएको र आफूहरू पुरानो पुस्तासँग लड्न नभइ नयाँ राजनीतिक संस्कार बसाल्न पनि बताए ।
‘हामी कसैलाई हराउनभन्दा पनि नेपाललाई जिताउन आएका हौँ। हामी पुरानो पुस्तासँग लड्न होइन, नयाँ राजनीतिक संस्कार बसाल्न आएका हौं,’ उनले भने ।
उनले रास्वपाको शक्ति आक्रोश मात्र होइन, आशा हुनुपर्ने बताए ।


