काठमाडौं । जनमत पार्टी अध्यक्ष सीके राउतले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को प्रशंसा गरेका छन्। रास्वपाको प्रथम महाधिवेशनको उद्घाटन सत्रमा उनले अरु भन्दा बालेन फरक भन्दै प्रशंसा गरेका हुन् ।
उनले प्रधानमन्त्री बालेन स्टाइलिस्ट भएको बताउँदै कालो लुगा लगाउन रोक्न माग गर्दै विपक्षीले ऐनकै माग गर्न सक्ने बताए ।
‘हामी कुनै जबानामा सुनथ्यौं। देवानन्दलाई सार्वजनिक स्थलमा कालो लुगा लगाउन निषेध गरेको सुन्थ्यौं। कुनै दिन हाम्रा विपक्षीहरूले सम्माननीयज्यूले कालो लुगा ड्रेस लगाउन निषेध गर्ने ऐन ल्याउनुपर्यो भन्न पनि बेर छैन। तै पनि त्यो भन्दा पनि ठूलो उहाँको माइन्डसेटको सम्मान गर्छु,’ उनले भने।
उनले बालेनलाई ‘अलग ही लेबलका बंदा है’ भन्दै प्रशंसा गरे। ‘उहाँ (बालेन) प्रोब्लमभन्दा माथि पुगेर समस्याको समधान कसरी गर्ने सोच्नुहुन्छ,’ उनले भने, ‘हिमाल, पहाड, तराईवासी सबैले अगाध माया गरेका छन्।’
उनले मधेसीको छोरालाई प्रधानमन्त्री बनाएको भन्दै उनले धन्यवाद पनि दिए।


