२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

बालेनले राजा ल्याउँछ भनेर जनताले भोट दिएका छन् : राजेन्द्र लिङदेन

बालेनले राजा ल्याउँछ भनेर जनताले भोट दिएका छन् : राजेन्द्र लिङदेन

साझा पोष्ट
आइतबार, असार ७ २०८३
  • images
    images
    बालेनले राजा ल्याउँछ भनेर जनताले भोट दिएका छन् : राजेन्द्र लिङदेन

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले राजावादीहरुको भोट पनि रास्वपाले पाएको बताएका छन् । रास्वपाको महाधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले बालेनले राजा ल्याउँछ भन्ने आशा जनतामा रहेको बताए । त्यसैले नेपालमा राजा चाहिन्छ भन्ने चाहनालाई सम्बोधन गर्नुपर्ने जिम्मेवारी रहेको पनि उनले बताए । 


    images


    लिङदेनले भने ,‘राजा चाहिन्छ भन्नेहरुको भोट पनि तपाईंहरुलाई छ । राजा चाहिन्छ भन्ने पार्टी राप्रपा हुँदाहुँदै बालेनले राजा ल्याउँछ भनेर तपाईंहरुलाई भोट दिएका छन् । तपाईँहरुको विशिष्ट जिम्मेवारी छ । जनताको यो विशिष्ट चाहनालाई सम्वोधन गर्नुपर्ने छ ।’

    लिङदेनले समस्या नेतामा मात्र नभएर संविधान र संवैधानिक व्यवस्थामा पनि रहेको बताए । उनले थपे, ‘यो संविधानमा सुधार नगरिकन देश अगाडि बढ्दैन । तपाईंहरुसित एैतिहासिक अवसर छ ।’

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार