२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

इराकलाई हराउँदै फ्रान्स विश्वकपको नकआउट चरणमा,एम्बाप्पेले गरे २ गोल

इराकलाई हराउँदै फ्रान्स विश्वकपको नकआउट चरणमा,एम्बाप्पेले गरे २ गोल

साझा पोष्ट
मंगलबार, असार ९ २०८३
  • images
    images
    इराकलाई हराउँदै फ्रान्स विश्वकपको नकआउट चरणमा,एम्बाप्पेले गरे २ गोल

     काठमाडौं । साविक उपविजेता फ्रान्स फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । फिलाडेल्फिया स्टेडियममा भएको खेलमा इराकलाई ३–० ले हराउँदै फ्रान्स नकआउट चरणमा प्रवेश गरेको हो ।  


    images

    पहिलो खेलमा फ्रान्सले सेनेगललाई ३–१ ले पराजित गरेको थियो ।खेलको १४औं मिनेटमा कप्तान किलियन एम्बाप्पेले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाएका थिए ।


    पहिलो हाफको खेल सकिँदा भारी वर्षा भएपछि २ घन्टा खेल रोकिएको थियो । ५४औं मिनेटमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । उस्मान डेम्बेलेले ६६औं मिनेटमा गोल गर्दै फ्रान्सको अग्रतालाई तेब्बर बनाए । फ्रान्स २ खेलबाट ६ अंक जोड्दै शीर्ष स्थानमा छ । 

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार