२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

जोर्डन विश्वकपबाट बाहिरियो, जितसँगै अल्जेरियाको सम्भावना कायमै

जोर्डन विश्वकपबाट बाहिरियो, जितसँगै अल्जेरियाको सम्भावना कायमै

साझा पोष्ट
मंगलबार, असार ९ २०८३
  • images
    images
    जोर्डन विश्वकपबाट बाहिरियो, जितसँगै अल्जेरियाको सम्भावना कायमै

    काठमाडौं । नवप्रवेशी जोर्डन अल्जेरियासँग पराजित हुँदै फिफा विश्वकप २०२६ को समूह चरणबाटै बाहिरिएको छ ।


    images

    अमेरिकाको सन फ्रान्सिस्को बे एरेना स्टेडियममा मंगलबार भएको खेलमा जोर्डन अल्जेरियासँग २–१ ले पराजित हुँदै विश्वकपबाट बाहिरिएको हो । अग्रता जोगाउन नसक्दा जोर्डन बाहिरिन बाध्य भयो ।  खेलको ३६औं मिनेटमा गोल गर्दै जोर्डनले अग्रता लिएको थियो । निजार अल रशदानले गोल गर्दै जोर्डनलाई अग्रता दिलाएका थिए । तर त्यसको ३३ मिनेटपछि अल्जेरियाले बराबरी गोल फर्कायो ।

    ६९औं मिनेटमा रियाद महरेजको क्रसमा नाधीर बेनबोउलीले गोल गर्दै अल्जेरियालाई बराबरीमा फर्काए । ८२औं मिनेटमा अमाइन गौइरीले गोल गर्दे अल्जेरियालाई अग्रता दिलाए । त्यसपछि दुवैतर्फबाट गोल हुन सकेन र अल्जेरिया विजयी भयो ।

     

    अल्जेरियाले पहिलो जित निकाल्दै नकआउट चरणमा पुग्ने सम्भावना कायमै राखेको छ । समूह ‘जे’ मा अल्जेरिया ३ अंक जोड्दै तेस्रो स्थानमा छ ।

    समान ३ अंक जोडेको अष्ट्रिया दोस्रो स्थानमा छ । २ खेलबाट ६ अंक जोडेको साविक विजेता अर्जेन्टिना शीर्ष स्थानमा छ । पहिलोपटक विश्वकप खेलेको जोर्डन अंकविहीन छ । अब यो समूहमा अष्ट्रिया र अल्जेरियामध्ये एक टोली नकआउट चरण जानेछ । र यीबिचको खेलले त्यसको टुंगो लाग्नेछ । अर्को खेलमा नकआउट चरण पुगिसकेको अर्जेन्टिना र बाहिरिसकेको जोर्डन भीड्नेछन् । 

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार