२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

एमाले संसदीय दलको बैठक जारी

एमाले संसदीय दलको बैठक जारी

साझा पोष्ट
मंगलबार, असार ९ २०८३
  • images
    images
    एमाले संसदीय दलको बैठक जारी

    काठमाडौं । प्रतिपक्षी दल नेकपा (एमाले) को संसदीय दलको बैठक मंगलवार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा बसिरहेकाे छ ।


    images

    बैठकमा संसद्मा पार्टीको आगामी भुमिका, प्रभावकारी रणनीति र विकसित समसामयिक राजनीतिक घटनाक्रमका विषयमा केन्द्रित रहेर छलफल भैरहेकाे छ । विशेषगरी, पार्टीका उपाध्यक्ष विष्णु पौडेलसँग जोडिएको पछिल्लो घटनाक्रमका सम्बन्धमा समेत बैठकमा आवश्यक समीक्षा रणनीति तयार पार्ने कार्यसूची  छ ।

    संसदीय दलको बैठकपश्चात आजै साँझ पार्टी अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित गुण्डु निवासमा सचिवालय बैठक समेत आह्वान गरिएको छ । उक्त बैठकले संसदीय दलको छलफल र मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे थप निर्णय लिने जनाइएको छ । साथै पार्टीको तर्फबाट प्रतिनिधि सभामा सचेतक तोक्ने पनि बताइएको छ । 

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार