२०८३, साउन ३१ गते

आइतबार, साउन ३१ गते २०८३

आइतबार, साउन ३१ गते २०८३

मेडिकल शिक्षा अध्ययनका लागि विदेशी विद्यार्थीको कोटा बढाउने सरकारको तयारी

मेडिकल शिक्षा अध्ययनका लागि विदेशी विद्यार्थीको कोटा बढाउने सरकारको तयारी

साझा पोष्ट
मंगलबार, असार ९ २०८३
  • images
    images
    मेडिकल शिक्षा अध्ययनका लागि विदेशी विद्यार्थीको कोटा बढाउने सरकारको तयारी

    काठमाडौं । सरकारले मेडिकल शिक्षामा अध्ययनका लागि विदेशी विद्यार्थीको कोटा बढाउने तयारी गरेको छ। शिक्षा सचिव चुडामणि पौडेलले मंगलबार आयोजित एक संसदीय समिति बैठकमा उक्त जानकारी गराएका हुन्।


    images


    सङ्घीय संसद् राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै सचिव पौडेलले मेडिकल शिक्षा अध्ययनका लागि नेपालमा आउन चाहने विदेशी विद्यार्थीको सबैभन्दा बढी आकर्षण देखिएकाले उनीहरूका लागि कोटा थप गर्ने नीतिगत निर्णय लिने तयारीमा सरकार रहेको स्पष्ट पारे। यसका साथै उनले नेपालका विश्वविद्यालयमा अध्ययन गर्न आउने विदेशी विद्यार्थीका लागि ‘स्टुडेन्ट भिसा’ (विद्यार्थी भिसा) मा सहजीकरण गर्ने विषयमा पनि गृह मन्त्रालयसँग कुराकानी भइरहेको बताए।

    सचिव पौडेलले भने, ‘यो विदेशी विद्यार्थीहरू ल्याउने सन्दर्भमा पनि अहिले हामीसँग लगभग १४ सय जति विभिन्न देशका विद्यार्थीहरू नेपालका विभिन्न विश्वविद्यालयहरूमा अहिले पनि पढिरहेका छन्। यसलाई स्टुडेन्ट भिसामा कसरी सहजीकरण गर्न सकिन्छ भनेर गृह मन्त्रालयसँग छलफल पनि हामीले अगाडि बढाएका छौँ। र विशेष गरी विदेशी विद्यार्थीहरूको सबैभन्दा बढी आकर्षण मेडिकल शिक्षामा देखिएको हुँदा मेडिकल शिक्षामा विदेशी विद्यार्थीहरूको कोटा बढाउन सकिन्छ भन्ने हिसाबले नीतिगत रूपमा निर्णय गर्ने हिसाबले सरकार अगाडि बढिरहेको पनि म यहाँहरूलाई निवेदन गर्न चाहन्छु।’

    सचिव पौडेलका अनुसार हाल विभिन्न मुलुकका करिब १ हजार ४ सय जना विद्यार्थीले नेपालका विश्वविद्यालयहरूमा अध्ययन गरिरहेका छन् र तीमध्ये सबैभन्दा बढी आकर्षण मेडिकल शिक्षामै रहेको छ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार