काठमाडौं । नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई अपमान गर्ने हिसाबले पक्राउ गरेको भन्दै कडा आपत्ति जनाएको छ।
आज बसेको संसदीय दलको बैठकले उपाध्यक्ष पौडेलको पक्राउ गैरन्यायिक भएको निष्कर्ष निकाल्दै तत्काल रिहा गर्न माग गरेको छ ।
बैठकले उपाध्यक्ष पौडेललाई अविलम्ब रिहा गर्न माग गरेको प्रमुख सचेतक ऐन महरले जानकारी दिए ।
‘उहाँलाई अपमना गर्ने हिसाबले सुर्खेतबाट पक्राउ गरेर ल्याइयो। अपराधीलाई झैँ व्यवहार गरियो। यो पक्राउ प्रतिशोधपूर्ण, गैरन्यायिक छ। यो कानुनी शासन र विधिको बर्खिलापमा छ। यो पक्राउको एमालेले भर्त्सना गरेको छ।’ महरले भने ।
उनले सरकारको कदमको विरुद्धमा सदनमा दृढतापूर्वक प्रस्तुत हुने निर्णय लिएको पनि जानकारी दिए ।


