२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

पनामालाई १-० ले हराउँदै क्रोएसियाले जोड्यो ३ अंक

पनामालाई १-० ले हराउँदै क्रोएसियाले जोड्यो ३ अंक

साझा पोष्ट
बुधबार, असार १० २०८३
  • images
    images
    पनामालाई १-० ले हराउँदै क्रोएसियाले जोड्यो ३ अंक

    काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा क्रोएसियाले पानामाविरुद्ध १-० को जित निकालेको छ। 


    images

    टोरन्टो रंगशालामा भएको समूह ‘एल’ अन्तर्गतको यो जितसँगै क्रोएसियाले पहिलो ३ अंक जोडेको छ। 

    क्रोएसियाका लागि दोस्रो हाफको ५४ औँ मिनेटमा स्ट्राइकर एन्टे बुडिमिरले गोल गरे।

    बुडिमिरले गरेको सोही गोल खेलमा निर्णायक बन्यो।  जारी विश्वकपको पहिलो खेलमा क्रोएसिया इंग्ल्यान्डसँग ४-२ गोलअन्तरले पराजित भएको थियो। 

    अघिल्लो खेलमा पनि पानामा घानासँग १-० गोलले पराजित बनेको थियो। लगातार दुई खेलमा हार बेहोरेपछि पानामा भने प्रतियोगिताबाट बाहिरिएको छ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार