काठमाडौं । पूर्वविश्व च्याम्पियन इंग्ल्यान्ड विश्वकप २०२६ अन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा घानासँग गोलरहित बराबरीमा रोकिएको छ । अब उसले नकआउट चरणमा पुग्नका लागि समूह चरणको अन्तिम आफ्नो अन्तिम खेलसम्म कुर्नुपर्ने भएको छ।
समूह ‘एल’ अन्तर्गत बोस्टन स्टेडियममा भएको खेलमा इंग्ल्यान्डले अधिकांश समय बलमाथि नियन्त्रण राखे पनि गोल नसक्दा अंक बाँड्न बाध्य भयो ।
पहिलो हाफमा दुवै टोलीले लक्ष्यभित्र एक पनि प्रहार गर्न सकेनन्। दोस्रो हाफमा ह्यारी केन, बुकायो साका र एन्थोनी गोर्डनले गोल गर्ने प्रयास गरे पनि घानाका गोलकिपर बेन्जामिन असारे उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई बचाए।
खेलको अन्तिम समयमा इंग्ल्यान्ड जितको निकै नजिक पुगेको थियो। निको ओ’राइलीको हेडर पोस्टमा लागेर फर्किएको बलमा केनले सहज अवसर पाए पनि उनको प्रहार गोलपोस्टमाथिबाट बाहिरियो।
घानाले पनि काउन्टर आक्रमण गर्दै केही अवसर सिर्जना गरेको थियो । तर सफल भएन् ।
अब इंग्ल्यान्डले अब समूहको अन्तिम खेलमा पनामाविरुद्ध हार टारेमा मात्र अन्तिम ३२ मा पुग्नेछ।


