काठमाडौं । डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोलाई १-० ले हराउँदै कोलम्बिया फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ ।
७६ औं मिनेटमा मुनोजले कंगाले गरेकाे गाेलनै निर्णायक हुन पुग्याे र समूह ‘के’मा कोलम्बिया ६ अंकसहित कोलम्बिया नकआउट चरणमा प्रवेश गर्याे ।
पहिलो खेलमा कोलम्बियाले उज्वेकिस्तानलाई ३-१ ले पराजित गरेको थियो। यसअघिको पहिलो खेलमा कंगोले विश्व सुपर स्टार क्रिस्टियानो रोनाल्डो समावेश पोर्चुगललाई १–१ को बराबरीमा रोकेर चर्चा कमाएको थियो। तर ५२ वर्षपछि विश्वकप खेलेको कंगो काेलम्बियासँग पराजित भयाे ।
अब समूह विजेताका लागि कोलम्बियाले पोर्चुगलको सामना गर्नेछ। अर्को खेलमा कंगो र उज्वेकिस्तान भिड्ने छन्।


