२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

भिनिसियसको २ गोलमा स्कटल्याण्डलाई हराउँदै समूह विजेता बनेर ब्राजिल नकआउट चरणमा

भिनिसियसको २ गोलमा स्कटल्याण्डलाई हराउँदै समूह विजेता बनेर ब्राजिल नकआउट चरणमा

साझा पोष्ट
बिहीबार , असार ११ २०८३
  • images
    images
    भिनिसियसको २ गोलमा स्कटल्याण्डलाई हराउँदै समूह विजेता बनेर ब्राजिल नकआउट चरणमा

    काठमाडौं । स्कटल्यान्डलाई पराजित गर्दै ब्राजिल समूह सीको विजेता बनेर फिफा विश्वकप- २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ ।

    images

    स्कटल्यान्डलाई ३–० ले पराजित गर्दै ब्राजिल समूह ‘सी’को विजेता बनेको हो। मियामी स्टेडियममा भएको खेलमा ब्राजिलले पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गोल गर्यो ।

    पहिलो हाफका दुवै गोल भिनिसियस जुनियरले गरे । उनले खेलको सातौँ मिनेटमा पहिलो र हाफ टाइमअघिको इन्ज्युरी समयको तेस्रो मिनेटमा दोस्रो गोल गरे। त्यसैगरी  म्याथेस कुन्हाले ६० औँ मिनेटमा तेस्रो गोल गरे।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार