२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

फिफाले गर्‍याे एन्फालाई निलम्बन, नेपाली फूटबलमा ठूलाे क्षति

फिफाले गर्‍याे एन्फालाई निलम्बन, नेपाली फूटबलमा ठूलाे क्षति

साझा पोष्ट
बिहीबार , असार ११ २०८३
  • images
    images
    फिफाले गर्‍याे एन्फालाई निलम्बन, नेपाली फूटबलमा ठूलाे क्षति

    काठमाडौं ।  विश्व फुटबलको सर्वाेच्च निकाय फिफाले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेको छ ।


    images

    बिहीबार बिहान फिफाले तेस्रो पक्षको हस्तक्षेपको कारण देखाउँदै अनिश्चितकालिन निलम्बन गरेको जनाएको छ ।

    फिफाले निलम्बनसँगै नेपालले पाउँदै आएको अनुदान रोक्ने जनाएको छ । त्यस्तै, पदाधिकारीदेखि नेपालले खेल्ने अन्तर्राष्ट्रिय फुटबल तथा युथ फुटबल नेपालले खेल्न पाउने छैन ।  
    फिफा विधानको धारा १४ को उपधारा १(आई) र उपधारा ३ अनुसार तेस्रो पक्षको हस्तक्षेपसँग सम्बन्धित फिफा विधानको उल्लङ्घन भएको ठहर गर्दै एन्फामाथि निलम्बनको निर्णय गरिएको फिफा द्वारा आज जारी विज्ञप्तिमा उल्लेख  छ।

    सन् १९५१ मा स्थापना भएको एन्फा सन् १९७२ मा फिफाको सदस्य राष्ट्र बनेको थियो। ५ दशक लामो एन्फाको इतिहासमा नेपाली फुटबल फिफाबाट निलम्बनमा परेको यो पहिलो पटक हो।

    fifa.jpg

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार