२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

दक्षिण कोरियालाई हराउँदै दक्षिण अफ्रिका पहिलो पटक विश्वकपको नकआउट चरणमा

दक्षिण कोरियालाई हराउँदै दक्षिण अफ्रिका पहिलो पटक विश्वकपको नकआउट चरणमा

साझा पोष्ट
बिहीबार , असार ११ २०८३
  • images
    images
    दक्षिण कोरियालाई हराउँदै दक्षिण अफ्रिका पहिलो पटक विश्वकपको नकआउट चरणमा

    काठमाडौं । दक्षिण अफ्रिका पहिलोपटक फिफा विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ ।


    images

    समूह ‘ए’ अन्तर्गतको अन्तिम खेलमा दक्षिण कोरियालाई १–० ले हराउँदै दक्षिण अफ्रिका नकआउट चरणमा प्रवेश गरेको हो ।

    ६३औं मिनेटमा  थापेलो मासेकोले गरेको एक मात्रै गोलनै दक्षिण अफ्रिकाका लागि इतिहास रच्न पर्याप्त भयो । 
    चौथोपटक विश्वकप खेलेको दक्षिण अफ्रिका पहिलोपटक समूह चरण पार गरेको हो । सन् १९९८, २००२ र २०१० मा विश्वकप खेलेको दक्षिण अफ्रिकाले समूह चरण पार गर्न सकेको थिएन । दक्षिण कोरियाले गोल गर्ने अनेकौं प्रयास गरे पनि सफल हुन सकेन् । 

    दक्षिण अफ्रिकाले ३ खेलबाट ४ अंक जोड्दै समूह उपविजेताको रुपमा नकआउटमा पुगेको हो । सहआयोजक मेक्सिको ९ अंकसहित समूह विजेता बन्दै नकआउटमा स्थान बनाएको हो ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार