चितवन । सत्तारूढ रास्वपाको महाधिवेशन अन्तर्गत पहिलो चरणको निर्वाचनमा अहिले केन्द्रीय सदस्य चुन्न मतदान भैरहेको । विहान साढे ९ बजेसम्म २५ सय प्रतिनिधिले मतदान गरिसकेका छन् ।
विद्युतीय भोटिङ मेशिनबाट चलिरहेको मतदान १२ बजेसम्म चल्नेछ । मतदान सकिएको २ घण्टामा परिणाम दिन सकिने बताइएको छ । दोस्रो चरणमा पदाधिकारीको निर्वाचन हुनेछ ।। केन्द्रीय सदस्य निर्वाचित हुनेमध्येबाट पदाधिकारी निर्वाचन निर्वाचनका उम्मेदवार हुने छन् । मतदाता भने सबै प्रतिनिधि हुने व्यवस्था छ ।


