काठमाडौं । रास्वपा केन्द्रीय सदस्य पदका लागि भएको मतदान सकिएको छ । केन्द्रीय सदस्यका लागि २ हजार ९५९ मत खसेको छ ।१३ सय ५२ जनाले भोट हालेनन् । केहीबेरमा मतगणना हुनेछ ।
९९ जना केन्द्रीय सदस्यका लागि ३८४ जना मैदानमा छन । पहिलो चरणको मतदानको नतिजापश्चात पदाधिकारीको निर्वाचन प्रक्रिया सुरू गरिनेछ ।रास्वपाका अर्का नेता विपिन आचार्यका अनुसार, ६ पदाधिकारीका लागि निर्वाचन हुनेछ ।
खुला उपसभापति–१, महिला उपसभापति–१, खुला महामन्त्री–१ र खुला सहमहामन्त्री–२ र महिला सहमहामन्त्री–१ पदका लागि निर्वाचन हुन लागेको हो ।
त्यस्तै, ७ प्रदेशका सभापतिहरू स्वतस् केन्द्रीय सदस्य हुनेछन् । केहीबेरपछि पदाधिकारीको निर्वाचन प्रक्रिया अघि बढ्नेछ ।
मतदान सकिएको करिब २ घण्टामा नतिजा आइसक्ने बताइएको छ


