२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

कुरासाओलाई हराउँदै आईभरी कोस्ट पहिलो पटक विश्वकपको नकआउट चरणमा

कुरासाओलाई हराउँदै आईभरी कोस्ट पहिलो पटक विश्वकपको नकआउट चरणमा

साझा पोष्ट
शुक्रबार, असार १२ २०८३
  • images
    images
    कुरासाओलाई हराउँदै आईभरी कोस्ट पहिलो पटक विश्वकपको नकआउट चरणमा

    काठमाडौं । कुरासाओलाई हराउँदै आइभरी कोस्ट पहिलो पटक विश्वकपको  नकआउट चरणमा प्रवेश गरेको छ । 


    images

    फिफा विश्वकप २०२६ अन्तर्गत शुक्रबार बिहान भएको समूह ‘ई’को खेलमा कुरासाओलाई  २–० गोल अन्तरले हराउँदै आइभरी कोस्ट नकआउट चरण पुगेको हो । 

     

    खेलमा आइभरी कोस्टका लागि दुवै गोल निकोलस पेपेले गरे । उनले खेलको ७ औं र ६४ औं मिनेटमा गोल गरे । 

    यो समूहमा जर्मनी ३ खेलमा २ जित र एक हारसँगै ६ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा रहँदै समूह विजेता बनेर नकआउट चरणमा प्रवेश गरेको हो ।
    आजको जितसँगै आइभरी कोस्टले पनि समान दुई जित र एक हारसहित ६ अंक जोडेपनि गोलअन्तरमा पछि परेर समूह उपविजेतामा सीमित बन्यो ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार