काठमाडौं । रास्वपाको महामन्त्रीका आकांक्षी कविन्द्र बुर्लाकोटी, गणेश पराजुली, शिशिर खनाल, जगदीश खरेल र प्रमोद न्यौपानेले विपिन आचार्यलाई समर्थन गरेका छन् । उनीहरुले शुक्रबार चितवनमा संयुक्त प्रेसमिट गर्दै महामन्त्रीमा आचार्यलाई समर्थनको घोषणा गरेका हुन्
।
‘हामी सबै जनाले संस्थापक सबै साथी एक ठाउँमा उभिएर एउटै म्यासेज दिनुपर्छ भनेर एउटै उम्मेदवार प्रस्तुत गरेका हौँ’, गणेश पराजुलीले भने, ‘हामी सबैले विपिनलाई समर्थन गर्ने निर्णय गरेका छौँ ।
परराष्ट्रमन्त्री समेत रहेका खनालले उम्मेदवारी नै दिएका थिएनन्। बुर्लाकोटी, पराजुली, खरेल र न्यौपानेले उम्मेदवारी फिर्ता लिएका छन्।
आचार्य सपभाति रवि लामिछाने निटक नेता हुन्। यसअघि उनी सहमहामन्त्री रहेका थिए।


